Thursday, April 28, 2016









गरज गरज गज्रिदै, बढ्दै छ त्यो अगि सरि सरि,

नजिकै तिम्रै औदैछ, त्यो घेरेरै तिमीलाई वरी परि 

निसास महसूस गर्छौ तिमि, मार्दै छौ आशा झरी झरी 

छहरिन्दै छ एकान्त अन्धकार को माझ लि, बिस्तार गरि गरि



उकास्न खोज्छौ आफैलाई, चल्छौ पहिला डरी डरी ,

फस्यो यो जीवन कहाँ भनि, तर्सिन्छौ आफै घरि घरि,

कोशिश रोक्दछ त्यसैले तिम्रो, निराशा को ताल मा तरी तरी,

झनै गारो झनै सारो, मित्त्दैछ बिश्वास अलि अलि



ढाडक ढाडक बड अगाडी, हृदयमा उर्जा भरि भरि,

बुलन्द तिम्रो आशा, अटल तिम्रो ढाल सरि,

रोक्नेछौ हरेक घात, नासिनेछन तिम्रा बैरी,

उदाउनेछौ सुनौलो दिन भई, विजय तिमि अजम्बरी

2 comments: